onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लगातार तीन खेल जित्दै आर्मी प्रधानमन्त्री कप को सेमिफाइनल मा प्रबेश : कर्णाली प्रदेश समूह चरण बाटै बाहिरियो

जेठ २० , अनलाईन खेलखबर || राजधानी मा जारी नेपालको सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्गत आज भएका दुई खेल मा त्रिभुवन आर्मी र प्रदेश ५ बिजयी भएका छ्न । आर्मि ले प्रदेश ४ लाई ९ विकेट ले पराजित गर्दा त्रिवि क्रीकेट मैदान मा प्रदेश ५ ले प्रदेश ६ ( कर्णाली ) लाई ९ बिकेट ले नै पराजित गरेको छ ।

मुलपानी क्रीकेट मैदान मा टस जितेर प्रदेश ४ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो जसअनुसार २९ ओवर मा अलआउट हुदै मात्र ७६ रन बनाएको थियो । ६ जना खेलाडी ले बिना खाता खोली आउट भए पछि प्रदेश ४ ले लज्जास्पद योगफल खडा गरेको थियो । जसमा अनिल गुरुङ ले सर्बाधिक ४२ रन बनाएका थिए ।

बलिग तर्फ प्रदेश ४ को ब्याटिङ लाई पुरै ध्वस्त बनाउने क्रम मा सागर पुन , बिक्रम सोव र साहव आलम ले समान ३/३ बिकेट लिए ।

निकै सामन्य ७७ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको बिभागिय टोलि आर्मी ले उक्त बिजयि लक्ष्य १६.४ ओवर मा मात्र १ विकेट गुमाएर भेटायो । जसमा म्यान अफ द म्याच समेत भएका सागर पुन ले २६ रन , अनिल कुमार मन्डल ले २८ रन र नरेश बुढाएर ले १० रन को योगदान दिएका थिए ।

लगातार तेस्रो जित निकाल्दै आर्मी प्रतियोगिता को सेमिफाइनल प्रबेश गरेको छ ।

यस्तै आज भएको अर्को खेल मा प्रदेश ५ द्रारा कर्णाली प्रदेश ९ बिकेट ले पराजित भएको छ । हार सगैँ कर्णाली समुह चरण बाटै बाहिरिएको छ कुल ४ खेलबाट मात्र १ अंक हासिल गरेको थियो भने बिजयी प्रदेश ५ को सम्भावना अझै कायम नै छ ।

त्रिवि क्रीकेट मैदान किर्तीपुर मा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ले २२.५ ओवर मा मात्र ५५ रनमै अलआउट हुन पुग्यो ।

म्यान अफ द म्याच समेत घोषित भएका प्रदेश ५ का कप्तान शक्ति गौचनले उत्कृष्ट बलिग पेश गरेपछी प्रदेश ६ ( कर्णाली ) पुरै निरीह साबित हुनपुग्यो । बिजय बिस्ट ले १७ रनको पारी खेल्नु बाहेक अन्य ब्याट्सम्यान ले दोहोरो अंक जोडन सकेनन ।

उत्कृष्ट बलिग गरेका शक्ति ले ६ ओवर बलिग गर्दै ३ मेडन राखी मात्र ४ रन दिएर ३ बिकेट चटकाए । यस्तै बिक्रम भुषाल ले पनि ३ बिकेट लिएका थिए ।

यसपछि ५६ रनको झिनो लक्ष्य पछ्याएको प्रदेश ५ ले १० ओ वर मा १ बिकेट गुमाएर लक्ष्य भेटायो । जस मा सङखर राना ले २९रन र सन्दिप सुनार ले २६ रनको योगदान दिएका थिए ।।

अब प्रतियोगिता मा सोमबार पनि दुई खेल हुनेछ्न , त्रिवि क्रीकेट मैदान मा एपीएफ र प्रदेश २ भिडने छ्न भने मुलपानी मा प्रदेश ५ ले प्रदेश ३ को सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्