onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाकिस्तान एमर्जिङ एसिया कपको च्याम्पियन

काठमाडौं ( अनलाइन खेलखबर ) | बंगलादेशमा भएको एमर्जिङ एसिया कपको उपाधि पाकिस्तानले उचालेको छ ।

शनिबार भएको फाइनल खेलमा घरेलु टोली बंगलादेशलाई ७७ रनले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।

खेलमा पाकिस्तानले प्रस्तुत भएको ३ सय २ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४३.३ ओभरमा अलआउट हुदै २ सय २४ रनमा सिमित हुन पुगेपछी खेल पाकिस्तानले आफ्नो पक्षमा पार्न सफल भयो ।

बंगलादेशको लागि आफिफ हसनले सर्वाधिक धेरै रन बनाउने क्रममा ४९ रनको योगदान गरे । यस्तै कप्तान नाज्मुलहोसेन सान्तोले ४६ तथा मेहदी हसनले ४२ बनाउनु बाहेक अन्य खेलाडीबाट उल्लेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन सफल भयो ।

बलिङतर्फ पाकिस्तानका मोहमद हस्नैनले ३ विकेट हात पारे । भने खुस्दिल शाह र सैफ बदरले समान २/२ विकेट हात पार्न सफल भए । भने समीन गुल, अमद बुट र उमेर खानले पनि समान १/१ लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभर पुरै ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३ सय १ रन बनाएको थियो ।

पाकिस्तानलाई ठुलो लक्ष्यसम्म पुर्याउन रोहली नजिरले शतकिय पारी खेलेका थिए ।१११ बलको सामना गरेका उनले १२ चौका र ३ छक्काको मद्दतमा १ सय १३ रनको योगदान गरे ।

यस्तै टिमका लागी ईमरान रफिकले ६२ तथा साउद शकिलले ४२ रनको योगदान गरेपछी टिम ठुलो योगफलतर्फ पुगेको थियो ।

बलिङतर्फ बंगलादेशका सुमोन खानले ३ तथा हसन महामुदले २ र महंदी हसनले १ विकेट हात पारे ।

यो सँगै प्रतियोगितामा पाकिस्तानले अपराजित रहदै उपाधि आत्मसात गर्न सफल भएको हो । पाकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्