onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साग क्रिकेटको पुरुषतर्फ नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्ने

काठमाडौं ( अनलाइन खेलखबर ) । आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

सार्वजनीक खेलतालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकाबिरुद्द खेल्ने भएको छ ।

काठमाडौं किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा श्रीलंकासँग आउँदो १७ गते बिहान ११ बजेपछी नेपालले खेल्नेछ।

यस्तै दोस्रो खेलमा नेपालले १९ गते भुटानसँग खेल्नेछ । खेल बिहान ९ बजेपछी सुरु हुनेछ ।

तेस्रो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । २० गते हुने यो खेल दिउँसो १ बजेपछी सुरु हुनेछ ।

लिगको अन्तिम खेलमा नेपालले २१ गते बंगलादेशसँग खेल्नेछ । खेल बिहान ११ बजेपछी सुरु हुनेछ ।

यसपछि लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछ्न भने तेस्रो र चौथोबीच तेस्रो स्थान ( कास्य पदक ) का लागी प्रतिष्पर्दा हुनेछ ।

२३ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने फाइनल २४ गते हुनेछ । सागमा यसपटक पाकिस्तान र भारतबाहेक अन्य ५ टिमले सहभागी जनाउँदै छ्न ।

प्रतिक्रिया दिनुहोस्