onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गण्डकी प्रदेशका मुख्यमन्त्री भन्छ्न ´सागको लागी प्रदेशको तर्फबाट आवश्यक बजेट दिन्छौँ’

काठमाडौं (अनलाइन खेलखबर ) || नेपालमा आउँदो मंसिर १५ देखी २४ गतेसम्म हुन गईरहेको १३ औं सस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) को मिति नजिकिदै गर्दा आयोजना मध्यको एक शहर पोखरा पनि रहेको छ ।

यसैबीचमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरिक्षण गरेका छन् ।

साग तयारीको लागि निमार्णधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरिक्षण गर्दै मुख्यमन्त्री गुरुङले पुर्वाधार निमार्णको लागि केहि रकम तत्कालै क्याविनेट बैठक बसि विनियोजित गर्न सक्ने बताएका छन् ।

‘साग सम्पन्न गर्न रकमको अभाव छ भने हामी तत्काल निर्णय गरि विनियोजित गर्छौ, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो’– मुख्यमन्त्री गुरुङले भने ।

बिहीबार उनी सहित सामाजिक विकास मन्त्री नरदेवि पुन, १३ औँ साग समितिका पदाधिकारी, खेलकुद पदाधिकारी पत्रकार लगायतको टोलीले रंगशालाको निरिक्षण गरेका थिए ।

सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउदेश्यीय कभर्डहलको निरिक्षण गर्दै साग आायोजक समितिका पदाधिकारी समेतलाई भेटि रंगशालाको बारेमा जानकारी समेत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्