onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सागमा खटिने स्वयंसेवकलाई प्रशिक्षित गराईदैं

काठमाडौं (अनलाइन खेलखबर ) | आउँदो मंसिर १५ देखी २४ गतेसम्म नेपालमा हुन गईरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण गराएको छ ।

आसन्न सागमा खटिने स्वयंसेवकको जिम्मेवारी बारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताईएको छ

सागका दौरान काठमाडौंमा हुने विभिन्न खेलका लागि ५ सय स्वयंसेवक परिचालन हुँदैछन् । उनीहरुलाई सुरक्षा, अतिथि सत्कार, सागमा सहभागी हुने विभिन्न महानुभावहरुले प्रयोग गर्ने एक्रिडेसन कार्ड, अनुशासन, नियम, कानूनलगायतका विषयमा जानकारी प्रशिक्षणका दौरान गराईएको थियो ।

स्वयंसेवकलाई रमेश खनाल, डा. प्रकाश प्रधान, रुकेश तण्डुकार, चतुरानन्द राजवैद्य, दीपक राई र अर्जुन विकले प्रशिक्षण दिएका थिए ।

३ दिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन आज सोमबार २ सय १५ जना सहभागी थिए । बाँकीलाई मंगलबार र बुधबार प्रशिक्षण दिइने छ ।

त्यस्तै पोखरा र जनकपुरमा हुने खेलका लागि खटिने स्वयंसेवकलाई पनि यस्तै तालिम दिइने छ । काठमाडौपछि पोखरामा मंसिर ५ र ६ तथा जनकपुरमा मंसिर ७ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्