onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं( अनलाइन खेलखबर ) | बंगलादेशमा भएको एमर्जिङ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिएको छ् ।

सोमबार भएको महत्वपूर्ण खेलमा आयोजक बंगलादेशसँग ८ विकेटले पराजय ब्यहोरेपछी नेपालको सेमिफाइनल पुग्ने सपना सकिएको हो।

खेलमा नेपालले दिएको १ सय ३८ रनको विजयी लक्ष्यलाई बंगलादेशले २४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

नेपालमाथि सहज जित हासिल गर्ने क्रम बंगलादेशका नाजमुल सान्तोले सर्बाधिक ५९ रनको योगदान गरे । अबिजित रहेका उनले ५६ रनको सामना गर्दै ६ चौका र २ छ्क्काको मद्दतमा उक्त पारी खेल्दै टिमलाई जित दिलाए ।

यस्तै टिमका लागी ओपनर ब्याट्सम्यान नैइम शेखले ४५ तथा शौम्य सरकारले ११ रनको योगदान गर्दा यासिर अलिले अबिजित रहदै ११ रन जोडे ।

बलिङमा नेपालका करन केसि र सुशन भारीले समान १/१ विकेट हात पारे ।

त्यसअघि उपाधिको प्रबल दाबेदार बलियो टिम बंगलादेशबिरुद्द ट्स हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा अलआउट हुँदै १ सय ३८ रनमा सिमित हुन पुगेको थियो ।

बंगलादेशको कसिलो बलिङ सामु नेपालका ब्याट्सम्यानले सुरुवात देखी नै खुलेर खेल्न सकेनन ।

६.५ ओभरमा टिमको स्कोर ३३ रन हुँदा पहिलो विकेटको रुपमा आउट हुन पुगेका ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई टिमले १० रनमा गुमाएपछि टिमको विकेट पतनको सिलसिला सुरु हुन थाल्यो ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल पनि २२ रन बनाएर आउट हुन पुगे ।

मल्ल पछि क्रमश : आउट हुन पुगेका शरद भेषावकरले १ रन , दीपेन्द्र सिँह एरि ६ रन , मोहम्मद आरिफ शेखले११ रन , सन्दिप जोरा सुन्य रन , पवन सरार्फ ९ रन, बिनोद भण्डारी ८ रन बनाएका थिए ।

अत्यमा टिमका लागी सोमपाल कामी र करन केसिले राम्रो ब्याटिङ गर्दै टिमको योगफल बढाउन राम्रो भूमिका निर्वाह गरे । करनले १८ रन बनाउँदा सोमपालले ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ३८ रन जोडे ।

नेपाली ब्याटिङ ध्वत पार्ने क्रममा बंगलादेशका सयद मिनहाजुल अबेदिन र सुमोन खानले सर्बाधिक ३ /३ विकेट लिए भने मेहन्दी हसन र मोहम्मद तन्बिर ईस्लामले पनि २/२ विकेट लिए ।

यसअघि प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग पराजित हुन पुगेको थियो भने दोस्रो खेलमा हङकङलाई नेपालले पराजित गरेको थियो ।

यता समूह` बि ´ बाट समूहको विजेताको बंगलादेश र उप – विजेताको रुपमा भारत सेमिफाइनल पुगेका छ्न ।

प्रतिक्रिया दिनुहोस्