ब्राजिल चौथोंपटक विश्व च्याम्पियन

ब्राजिल चौथोंपटक विश्व च्याम्पियन

एजेन्सी – घरेलु टोली ब्राजिलले फिफा यु -१७ विश्वकपको उपाधि उचालेको छ ।

सोमबार बिहान भएको विश्वकपको फाइनलमा मेक्सिकोलाई २-१ को गोल अन्तरले पराजित गर्दै ब्राजिल विश्व च्याम्पियन बनेको हो ।

निकै प्रतिष्पर्दात्मक बनेको खेल फाइनल खेलमा ब्राजिलले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछी ब्राजिललाई विश्वकप ट्रफी चौथोपटक उचाल्न प्रयाप्त बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोले खेलको ६६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो ।

मेक्सिकोको लागी गोंजालेजले गोल गर्दै अग्रता दिलाएका थिए तर खेलको ८४ औं मिनेटमा ब्राजिललाई खेल बराबरीमा ल्याउन सुनौलो मौका प्राप्त भयो ।

जसमा ब्राजिल चुकेन र पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ब्राजिलले खेललाई बराबरीमा ल्यायो । पेनाल्टीलाई ब्राजिलका काओ जार्जले खेर फालेनन र टिमलाई बराबरीमा पुर्याए ।

त्यसपछि खेलको अन्तिम समयमा ब्राजिलका लाजारोले शनशनीपूर्ण गोल गरेपछी घरेलु टोली ब्राजिललाई च्याम्पियन बन्न पयाप्त बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *