onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बंगला टाईगर्सको पहिलो जित : सन्दिपको टिम कर्नाटका पराजित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालका युवा खेलाडी सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले युएईमा जारी टि -१० लिगमा आफ्नो दोस्रो खेलमा पराजित हुन पुगेको छ ।

आईतबार भएको आफ्नो दोस्रो खेलमा कर्नाटका बंगला टाईगर्ससँग ५ विकेटले पराजित हुन पुगेको हो ।

खेलमा कर्नाटकाले दिएको १ सय १५ रनको विजयी लक्ष्यलाई पछ्याएको बंगला टाईगर्सले उक्त चुनौतीलाई ८.५ ओभर विकेटमा ५ गुमाएर पूरा गर्यो ।

खेलमा टिमलाई जिताउन राम्रो सुरुवात दिलाउँने क्रममा आंद्रे फ्लेचर र रिले रोसौवबिच ओपनिङ ५५ रनको साझेदारी हुन पुगेपनी बंगला बलियो स्थितिमा पुगेको थियो ।

३.२ ओभरमा टिमको स्कोर ५५ रन हुँदा आंद्रेलाई टिमले ब्यक्तिगत ४० रनमा गुमायो भने दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका अर्का ओपनर रोसौवले २२ रन बनाए भने टॉम मूरेसले २८ रनको योगदान गरेपछि लिगमा बंगला टाईगर्सले पहिलो जित हासिल गरेको छ ।

बलिङतर्फ कर्नाटकाका सन्दिप लामिछानेले २ विकेट लिए । आफ्नो स्पेलको २ ओभर बलिङ गरेका सन्दिपले ९ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै अहमद राजा र सापुर जार्दनले समान १/१ विकेट लिए ।

त्यसअघि जोनसन चार्ल्स र कप्तान हसिम अमलाको उत्कृष्ट ब्याटिङमा शेख जायद रंगशाला अबुधावीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले निर्धारित १० ओभर पुरै खेल्दै मात्र १ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

ओपनर ब्याट्सम्यान जोनसन र अमलाले टिमका लागि शानदार योगफलतर्फ पुर्याउन पहिलो विकेटका लागी ओपनीङ ९७ रनको साझेदारी गरेका थिए ।

८.२ ओभरमा पहिलो विकेटका रुपमा आउट भएका जोनसनले अर्धसतकिय पारी खेले । केभिनको बलमा क्याच आउट हुनअघि २९ बलको सामना गरेका उनले ४ चौका र ४ छ्क्काको मद्दतमा ५७ रन बनाए ।

यस्तै कप्तान अमलाले अबिजित रह्दै ४७ रनको योगदान गर्दा टिमले ठुलो योगफल खडा गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्