जर्मनी र क्रोएसिया युरोकपमा छ्नोट
एजेन्सी – अर्को बर्ष आयोजना हुने युरोकप फुटबलमा जर्मनी क्रोएसिया छ्नोट भएका छ्न ।
गएराती भएको खेलमा बेलारुसमाथि सहज जित हासिल गर्ने क्रममा ४–० गोल अन्तरले पराजित गरेपछो जर्मनीले पनि युरोकपको टिकट पक्का गरेको हो ।
छ्नोटको समूह`सि´ मा रहेको जर्मनीले ७ खेलमा ६ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै १८ अंकसहित अंकतालिकाको पहिलो स्थानमा रहेपछी जर्मनी युरोकपमा छानिएको हो ।
यस्तै गएरातीनै भएको अर्को खेलमा स्लोभाकियालाई ३–१ गोल अन्तरले पराजित गरेको क्राेएसिया पनि युरोकपमा छनोट हुन सफल भएको छ ।
समूहमा `ई ´ मा रहेको क्राेएसियाले ८ खेलमा ५ मा जित , २ मा बराबरी र १ खेलमा हार ब्यहोर्दै १७ अंकसाथ पहिलो स्थानस्थानमा रहेपछी क्रोएसियालाई पनि युरोकपमा छ्नोट हुन प्रयाप्त बन्यो ।