onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टियु मैदान सचिनमय बन्दै , सचिन ..सचिन गुन्जियो ( फोटोफिचर )

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतिय महान क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौं किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट खेलिरहेका छ्न ।

गएराती नेपाल आईपुगेका सचिन बिहान किर्तिपुरमा रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिवि क्रिकेट मैदान टियु आईपुगेका थिए ।

युनाईटेड नेशन ईन्टरनेशनल चिल्ड्रेन ईमर्जन्सी फन्ड ( युनिसेफ ) का सद्भावना दूत समेत रहेका सचिन सोही सस्थाको कार्यक्रमका दौरान नेपाल आईपुगेका हुन ।

संस्थाले बाल अधिकार सम्बधी महासन्धी पारित भएको ३० बर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा उनिले अहिले सहभागी जनाउँने छ्न ।

स्थानिय स्कुले बिद्यार्थीलाई हौसला प्रदान गर्न सचिनसँग खेल्ने बाताबरण मिलाईएको संस्थाले उल्लेख गरेको छ ।

संस्थाले किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले प्रदर्शनि खालको खेल मा सचीनले बालबालिकालाई हौसला प्रदान गर्ने क्रममा पुरा फिल्डिङ गर्दै अहिले ब्याटिङ गरिरहेका छ्न ।

यसपछी सचिनको नेपाल भ्रमणको तालिका के रहेको छ त्यो संस्थाले जानकारी भने गराएको छैन ।

अब हेर्नुहोस फोटोमा सचिनको टियु भ्रमण !

प्रतिक्रिया दिनुहोस्