onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लियोनेल मेस्सीको गोलमा ब्राजिलमाथि अर्जेन्टिनाको जित

एजेन्सी – स्टार फुटबलर लियोनेल मेस्सीको निर्णायक गोलको मद्दतमा ब्राजिलबिरुद्दको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ ।

शुक्रबार राती साउदी अरेबियास्थित किग्स सऊद यूनिवर्सिटी स्टेडियममा भएको खेलमा ब्राजिलमाथि अर्जेन्टिनाले जित हासिल गर्ने क्रममा १-० ले पराजित गरेको हो ।

खेलमा ब्राजिलले धेरै बल पोजिसन आफ्नो तिर राखेको भएपनी प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको १३ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

१-० ले पछि परेको अबस्थामा बाकी समयमा ब्राजिलले खेलमा फर्किन बारम्बार प्रयास गरेपनि अन्त्तत : सफल हुन सकेन र मैत्रीपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग निराश हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्