पवनको अर्धशतकिय पारीमा भारतसामु नेपालको सम्मानजनक योफगल
काठमाडौं ( अनलाइन खेलखबर ) | पवन सरार्फको अर्धशतकिय ५६ रनको पारीको मद्दतमा अहिले जारी एसिसी एमर्जिङ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले भारतलाई १ सय ९४ रनको विजयी चुनौती प्रस्तुत गरेको छ ।
बंगलादेशको क्रिया शिक्षा प्रोटिस्टन नं ३ मैदान सावरमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १सय ९३ रनको योगफल खडा गर्न सफल भयो ।
खेलमा पहिलो ओभरको दोस्रो बलमा कप्तान मल्ललाई शून्य रनमा गुमाएको नेपालका लागि शरद र कुशलले सम्हाल्ने क्रममा अर्धशतकिय साझेदारी गर्न पुगे ।
१७.४ ओभरमा टिमको स्कोर ५४ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका कुशलले ६० बलको सामना गर्दै ४ चौकाको मद्दतमा २८ रन बनाए ।
त्यसपछि राम्रो टिमले मोहम्मद आरिफ शेखलाई भने सस्तैमा गुमायो ।उनिले मात्र २ रन बनाए ।
आरिफ आउट भएपछी शरद र दिपेन्द्र्ले राम्रो ब्याटिङ गर्ने क्रममा टिमका लागि शरदले ४४ तथा दिपेन्द्रले २४ रनको योगदान गर्दा अर्धशतकिय पारी खेलेका पवनको ५६ रनको महत्वपूर्ण पारीले गर्दा नेपालले भारतसामु सम्मानजनक स्कोर खडा गरेको छ ।
बलिङतर्फ भारतका लागि सौरभ दुबेले सर्बाधिक ४ विकेट हात पारे । भने यश राथोडले ३ विकेट लिदा पार्थले २ विकेट लिएका थिए ।
अब नेपालले दिएको १ सय ९४ रनको विजयी चुनौतीलाई पछ्याउँदै भारतले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।