onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शरद र कुशलले टिमलाई सम्हादै : नेपालको ५० रन पनि पूरा

काठमाडौं ( अनलाइन खेलखबर ) | कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको दोस्रो बल्लमा रनमा गुमाएको नेपालले अहिले सम्हालिदै ब्याटिङ गर्ने क्रममा भारतबिरुद्द ५० रन पूरा गरेको छ ।

बंगलादेशमा जारी एसीसी एमर्जिङ एसिया कपको आफ्नो पहिलो खेलमा भारतसँग खेलिरहेको नेपालले१६.१ ओभरमा १ विकेट गुमाएर ५० रन पूरा गरेको हो ।

बंगलादेशको क्रिया शिक्षा प्रोटिस्टन नं ३ मैदान सावरमा भईरहेको खेलमा भारतले ट्स जितेर नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो र अहिले नेपालले सुरुवाती ब्याटिङ गरिरहेको अबस्था हो ।

जस अन्तर्गत अहिले बलियो भारतसँग सम्हालिदै ब्याटिङ गरिरहेको छ । कप्तान मल्ललाई गुमाईसकेको नेपालको पारीलाई अहिले अनुभवी ब्याट्सम्यान शरद भेषावकर र कुशल भुर्तेलले अगाडी बढाईरहेका छ्न ।

ब्याटिङ गरिरहेका शरद र कुशलले अहिलेसम्ममा क्रमश :१७,२७ रन बनाउँदै ब्याटिङ गरिरहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्