onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यु – १९ महिला क्रिकेट टिमको पहिलो जित

काठमाडौं ( अनलाइन खेलखबर ) | चीनमा जारी ‘ बी एण्ड आर ‘ कप टि-ट्वान्टी यु -१९ महिला क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ ।

जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा थाईल्याण्डसँग पराजित भएको भएपनि आज भने आयोजक चीनलाई ८ विकेटले पराजित गरेको छ ।

खेलमा चीन १० ओभरमा अलआउट हुँदै ३७ रन बनाएको थियो त्यसपछी सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालले ६ ओभरमा मात्र २ विकेट गुमाएर उक्त लक्ष्यलाई भेटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्