अष्ट्रेलियन क्रिकेटर्स एसोसिएसनको अध्यक्षमा  शेन वाटसन चुनिए

अष्ट्रेलियन क्रिकेटर्स एसोसिएसनको अध्यक्षमा शेन वाटसन चुनिए

एजेन्सी – अष्ट्रेलियाका पूर्व स्टार अलराउन्डर शेन वाटशन अष्ट्रेलियन क्रिकेटर्स एसोसिएसन (एसीए) को अध्यक्ष चुनिएका छन ।

१० सदस्य कार्यसमितिमा वाटसन सहित तीब्र गतिका बलर प्याट कमिन्स, क्रिस्टर्न बिम्स र पुर्व अष्ट्रेलियन महिला क्रिकेटर लिसा स्टालेकर लगायतका रहेका छन् ।

अध्यक्ष बनेपछि `अध्यक्ष बन्दा धेरै सम्मानित भएको महसुस गरेको छु , म माथि धेरै जिम्मेवारी छ । मलाई मिलेको यस मौका देखि धेरै उत्साहित छु´ वाटसनले भने ।

यस संस्था एसीएले अष्ट्रेलियाको प्रथम श्रेणीका क्रिकेटरको प्रतिनिधि गर्नुको साथै खेलाडीको हक हितको बारे आवाज उठाउने काम गर्ने गर्छ ।

सन २०१५ मा अष्ट्रेलियाले विश्वकप जित्दा वाटसनले महत्वपूर्ण प्रर्दशन गरेका थिए । उनले ५९ टेष्ट, १ सय ९० वान डे र ५८ टि ट्वान्टी खेलेका उनले टेष्ट तथा वान डे २०१५ तथा टि ट्वान्टी सन् २०१६ मा बाट सन्न्यास लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *