onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

च्यालेन्जर ट्रफीमा आज भारत `ए´ र नेपाल भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतमा जारी यु -१९ एकदिवसीय च्यालेन्जर ट्रफीमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारत ‘ए ‘ को सामना गर्दैछ ।

भारतस्थित हैदरावादमा रहेको राजीवगान्धी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजेपछि हुनेछ ।

यसअघि एक -एक खेल खेलिसकेका भारत ‘ए’ र नेपाल आज पहिलो जितको खोजीमा रहने छन । यसअघि भारत ‘ए’ , भारत ‘बि’ सँग ६ विकेटले पराजित हुन् पुगेको थियो ।

भने प्रतियोगिताको खराब सुरुवात गर्ने क्रममा नेपाल पनि भारत ‘सी’ सँग १० विकेटले पराजित हुन पुगेको थियो ।

त्यसैले आज हुने खेल दुवै टिमका लागि त्यतिनै महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्