onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हेर्नुहोस,, बिश्व चर्चित , बलिया भनिएका यी ७ अभागी देश जसले रसिया बिश्वकप गुमाउदै छ्न

एजेन्सी , अनलाईन खेलखबर || फुटबल जगत मा फिफा बिश्वकपले संसार भरिका सबै बर्ग तथा उमेर समुह का मानिस हरुको मनमा एक किसिम को खुलदुलि मच्याउने गर्छ । यहि आउदो जेठ ३१ देखि असार ३० गते सम्म रुस मा हुन गैरहेको फिफा बिश्वकप फुटबल को सन्दर्भ अन्तर्गत आज हामी केहि यस्ता चर्चित देश हरुको चर्चा गर्दैछौ जो यसपाली को बिश्वकप मा छ्नोट हुन सकेनन ।

अभागी ७ टिम : इटाली, नेदरल्यान्ड्स, अमेरिका, चिली, क्यामरुन, घाना र आइभरी कोस्ट

३२ भाग्यमानि टिम ले सहभागी जनाउने तयारी मा रहदै गर्दा केही यस्ता टिम छ्न जुन बलिया र चर्चित हुँदा हुँदै पनि कडा छ्नोट प्रक्रिया मा आफू लाई सफल गराउन सकेनन सन २०१५ देखि नै सुरु भएको छ्नोट मा ६ महादेश बाट करिब २ सय ९ टिमको सहभागि रहेको थियो ।

फलस्वरूप केही बलिया टिम ले महत्त्वपूर्ण खेल मा गुमाउँदा रसिया बिश्वकप बाट बन्चित हुन पुगे जसको ठूलो एक अभागी टिम हो ईटाली , हो ईटाली जो चार पटक को बिश्व बिजेता का बाबुजुत पनि युरोप प्ले अफ मा स्विडेन सगँ पराजित भएपछी सन १९५८ पछि को लामो दौड बाट यसपालि रोकिएको छ ।

यस्तै अर्को युरोपेली टिम नेदरल्यान्ड हो , जुन यसपालि को रसिया बिश्वकप मा खेल्ने छैन । नेदरल्यान्ड युरोप छ्नोट समूह ” ए ” मा तेस्रो स्थान मै सिमित भएको थियो । लामो ईतिहास रहेको नेदरल्यान्ड ले सन १९७० पछि यो बिश्वकप गुमाउदै छ ।

अर्को अभागी टिम हो अफ़्रिकन च्याम्पियन टिम क्यामरुन , जसले छ्नोट को समूह ” बि “मा क्यामरुन तेस्रो स्थान मा रहेको थियो । यस्तै अर्को अफ़्रिकन देश घाना ले पनि रसिया बिश्वकप गुमाउने छ । यस्तै अर्को अफ़्रिकन देश आईभरी कोस्ट ले पनि यसपटक को बिश्वकप गुमाईने छ, सन २००६ पछि आईभरी कोस्ट ले बिश्वकप मा छ्नोट नभएको हो ।

विश्वकपमा छनोट हुन नसक्ने अर्को अभागी टिम हो दक्षिण अमेरिकी देश चिली। सन् २०१७ को कन्फेडेरेसन कपको उपविजेता चिलीले दक्षिण अमेरिकी च्याम्पियन समेत हो। चिलीले गतवर्ष कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनालाई हराएको थियो। दक्षिण अमेरिका छनोटमा चिली छैटौं स्थानमा सीमित बन्यो।

उत्तर अमेरिका गोल्ड कप विजेता अमेरिकाले पनि रसिया विश्वकपमो टिकट काट्न सकेन। अमेरिका उत्तर अमेरिका छनोटको पाँचौ स्थानमा सीमित हुँदा सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छनोट हुन अमेरिका सकेन ।

प्रतिक्रिया दिनुहोस्