onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सागका लागि पुरुष फुटबलको टिम घोषणा

काठमाडौं ( अनलाइन खेलखबर ) | मंसिर १५ गतेदेखि नेपालमा हुन गईरहेको १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) का लागि आज नेपाली पुरुष फुटबल टिमको घोषणा गरिएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि २० सदस्यीय फुटबल टोलीको घोषणा गरेको छ ।

टिममा सिनियर खेलाडीहरु विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई पनि समावेश गरि टिम तयार गरिएको छ । सागको नियम अनुसार सिनियरतर्फ ३ जनालाई समाबेश गर्न पाईने ब्यबस्था छ ।

बाकीलाई उमेरको परिधिमा बाधिनुपर्ने नियम छ । जसअन्तर्गत यु -२३ सम्म हुनु पर्नेछ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले हेरिरहेको नेपाली टोलीको यसपटक पनि स्वर्ण पदक घरमै राख्ने नेपालको लक्ष्य रहेको छ ।

नेपाली टोली

गोलकिपर – विकेश कुथु, अर्पण कार्की र दीप कार्की

डिफेन्डर –अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, छिरिङ गुरुङ

मिडफिल्डर– विक्रम लामा, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर र नितिन थापा

स्ट्राईकर– विमल घर्तीमगर, रेजिन सुब्बा, अभिषेक रिजाल र अन्जन बिष्ट । 

प्रतिक्रिया दिनुहोस्