onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालले बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा नेपालले सोमबार किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

बंगलादेशको राजधानि ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा प्रतियोगिताको उपाधि दाबेदार नेपालले किर्गिस्तानलाई पराजित गर्ने क्रममा पहिलो सेटमा २५-१५ ले हराउँदा दोस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५-२० ले नेपालले आफ्नो पक्षमा पारेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । र जितसँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ ।

अब नेपालले प्रतियोगितामा तेस्रो खेलमा भोलि ( मंगलबार)आयोजक बंगलादेशको सामना गर्नेछ भने लिगको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

५ टिमको सहभागिता रहेको यस प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल , कीर्गिस्तान माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहेको छ ।

राउण्ड रोबिन लिगका आधारमा सन्चालन भएको यस प्रतियोगिताको अंकतालिकाको पहिलो र दोस्रो टिम फाइनल पुग्नेछ्न । र उपाधिका लागि नोभेम्बर १४ मा भिड्ने छ्न ।

प्रतिक्रिया दिनुहोस्