च्यालेन्जर ट्रफीमा नेपालको खराब सुरुवात

च्यालेन्जर ट्रफीमा नेपालको खराब सुरुवात

काठमाडौं ( अनलाइन खेलखबर ) | भारतको जारी यु -१९ सिरिज च्यालेन्जर ट्रफीमा नेपालले खराब सुरुवात गरेको छ ।

भारतको आधिकारिक समेत रहेको यस सिरिजको आफ्नो पहिलो खेलमा नेपाल भारत `सि ` सँग १० विकेटले पराजित भएको छ ।

खेलमा नेपालले दिएको १ सय १७ रनको झिनो लक्ष्यलाई भारत`सि ´ ले २१.१ ओभरमा कुनै विकेट नगुमाएर उक्त चुनौतीलाई पूरा गर्यो ।

भारत `सि ´ लाई जिताउँन ओपनर जोडीनै प्रयाप्त बन्यो । जसमा दिभ्यान्स अजयले ५२ रन र अर्जुन आजादले ६७ रनको योगदान गरेका थिए ।

त्यसअघि भारतको विजयवाडास्थित हैदराबाद क्रिकेट संघको मैदानमा भएको खेलमा ट्स जितेर पहिले ब्याटिङ गरेको नेपालले निकै ब्याटिङ गरेपछी ३२.१ ओभरमा अलआउट हुँदै १ सय १६ रनमा सिमित हुन पुगेको थियो ।

सुरुवाती अबस्थाबाटै खराब ब्याटिङ गर्ने क्रममा नेपालले दोस्रो ओभरको पाँचौ बलमा ओपनर ब्याट्सम्यान रित गौतमलाई सस्तैमा ५ रनमा गुमाएको थियो ।

त्यसपछि नेपालले दोस्रो विकेटका लागि खड्क बोहरालाई गुमायो ।१४ बलको सामना गरेका उनले १० रन मात्र बनाउन सफल भए ।खडकपछि लोकेश बमपनि १० रन बनाएर आउट हुन पुगे ।

टिमको स्कोर ६.२ ओभर भित्र २८ रन हुँदा ३ महत्वपूर्ण ब्याट्सम्यानलाई गुमाएको नेपालको पारीलाई अरुण एरि र कुशल मल्लले सम्हाल्न खोजेको भएपनी उनिहरु पनि सफल नहुँदा टिम अलआउट हुन पुग्यो ।

अरुणले १३ रन बनाउँदा कुशल मल्लले २६ रनको योगदान गरे जुन पछि ईनिङकै सर्बाधिक ठुलो स्कोर बन्न पुग्यो ।

यी बाहेक हरि बहादुर चौहानले ७ रन , शेर मल्लले १४ रन र प्रतिश जिसिले ११ रन जोडेका थिए ।

बलिङतर्फ भारतका मुस्तफा युसुफ , बिध्याधर , चिनतला , सुभङले र रबि रोसनले समान २/२ विकेट लिन सफल भए ।

अब प्रतियोगितामा नेपालले आउँदो बुधबार भारत `ए ´ र शुक्रबार भारत `सि ´ टोलीसँग प्रतिष्पर्दा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *