नेपाली क्रिकेट टोली तीन चरणमा बंगलादेश पुग्ने !

नेपाली क्रिकेट टोली तीन चरणमा बंगलादेश पुग्ने !

काठमाडौं ( अनलाइन खेलखबर ) || आउँदो बिहिबार देखि नोभेम्बर २३ तारिखसम्म बंगलादेशमा हुन गईरहेको ईमर्जिङ एसिया कपका लागि नेपाली टिम टोली त्यसतर्फ ३ चरणमा पुग्ने भएको छ ।

नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार पुर्व निर्धारित हिमालय एयरलायन्सको उडान रद्द भएपछी टिमलाई एकै पटक पठाउँन समस्या आएको र
पछि एकै चोटि टिकट उपलब्ध नभएपछी यसरी ब्यबस्था मिलाएर पठाउँन लागेको जानकारी गराएका छ्न ।

अब टिम तीन टोली बनाएर बंगलादेश पुग्नेछ । जसअन्तर्गत पहिलो टोलि आज बंगलादेश प्रस्थान गरेको छ । जसमा रमन सिवाकोटी सहित ईशान पाण्डे , विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करन केसी, ललित राजवंशी, मोहम्मद आरिफ शेख, पवन सरार्फ र सोमपाल कामी रहेका छ्न ।

र भोलि दुई प्रशिक्षक , कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र फिजियो बिक्रम न्यौपाने जाँदै छ्न भने बुधबार टिम ब्यबस्थापक प्रशान्त बिक्रम मल्लसहित बाकी खेलाडी जानेछ्न ।

ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको टिममा दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल रहेका छ्न ।

टिमका दुई अनुभवी खेलाडी सन्दिप लामिछाने र पारस खड्का भने टिममा छैनन । उनिहरु सोहि समयमा युएईमा हुने टि -१० लिगमा सहभागी हुनेछ्न ।

यसअघि यस प्रतियोगितामा नेपाल नभएपनी एसियन क्रिकेट काउन्सिल ( एसिसी ) का अनुसार युएईले अन्तिम समयमा आएर नखेल्ने भएपछि त्यसको ठाउँमा नेपाललाई मौका दिएको हो ।

यस्तै प्रतियोगिताको खेल तालिका अनुसार नेपाल समूह` बि´ मा रहेको छ । जसमा नेपालसहित भारत , हङकङ र आयोजक बंगलादेश रहेको छ ।

भने अर्को समूह` ए ´ मा श्रीलंका , अफगानिस्तान , पाकिस्तान र ओमान रहेका छ्न ।

समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछ्न ।

नेपालले प्रतियोगिताको सुरुवात नोभेम्बर १४ मा भारतबिरुद्द खेल्दै गर्नेछ भने दोस्रो खेलमा नेपालले नोभेम्बर १६ मा हङकङसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा नोभेम्बर १८ मा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *