onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

नेपाली युवा क्रिकेट टोलीले आज थाईल्याण्डको सामना गर्दै

काठमाडौं ( अनलाइन खेलखबर ) । चीनको संघाईमा जारी खेलमा `बी एण्ड आर´ कप यु -१९ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले आज बलियो थाईल्याण्डको सामना गर्दैछ ।

फोटो सौजन्य : चितवन राईनोज

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेपछी सुरु हुनेछ ।

प्रतियोगितामा सुरुवात गर्न लागेको नेपालले आज थाईल्याण्डसँग सुखद नतिजा निकाल्ने रणनीतिमा रहको छ ।

उपाधि उचाल्ने लक्ष्यका साथ चीन पुगेको नेपालले यदि आज थाईल्याण्डलाई पराजित गरेको खण्डमा नेपाल उपाधि नजिक पुग्नेछ । थाईल्याण्डबाहेक प्रतियोगितामा सहभागी टिमहरु त्यति बलिया छैनन ।

निकै लामो अन्तराल पछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै गरेको नेपाललाई थाईल्याण्डबिरुद्द आजको खेल नेपाललाई निकै महत्त्वपूर्ण रहेको छ ।

खेल तालिका

यसपछि प्रतियोगितामा नेपालले भोलि (मंगलबार ) दुई खेल खेल्दैछ । पहिलो खेलमा साउदी अरेबियाको सामना गर्दा सोही दिन दोस्रो खेलमा आयोजक चीनको सामना गर्नेछ ।

त्यसपछि बुधबार नेपालले मलेसियासँग खेल्नेछ भने बिहिबार नेपालले म्यानमारसँग प्रतिष्पर्दा गर्नेछ ।

नेपाली यु – १९ महिला टिम !

डली भट्ट ( कप्तान ) , कविता कुँवर ( उपकप्तान ) , कृतिका मरासिनी , यसोधा बिष्ट , श्रीस्टि जैसी, राजमती ऐरि, इश्वरी बिष्ट , लक्ष्मी साउद, खुसि डंगोल, गोमा आले, ज्योति दनुवार, निग्मा तामाङ , शिला रेग्मी र लाखिता राजबंशी

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *