onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

बंगलादेशबिरुद्धको टि – ट्वान्टी सिरिज घरेलु टोली भारतको पोल्टामा

एजेन्सी – बंगलादेशबिरुद्दको टि – ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज घरेलु टोली भारतले आफ्नो पक्षमा पार्न सफल भएको छ ।

तिन खेलको टि – ट्वान्टी सिरिजमा यसअघि दुबै टिमले एक – एक खेल जितेका थिए र आईतबार भएको निर्णायक खेलमा भारतले बाजि मार्दा बंगलादेश पहिलो पटक सिरिज आफ्नो नाममा लेखाउँनबाट चुकेको छ ।

खेलमा भारतले दिएको १ सय ७५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेश १९.२ ओभरमा अलआउट हुँदै १ सय ४४ रनमा सिमित हुन पुगेपछि भारतले खेल ३० रनले आफ्नो पक्षमा पार्दै सिरिज आफ्नो पोल्टामा पार्न सफल भयो ।

खेलमा बंगलादेशले सुरुवाती दुई महत्वपूर्ण ब्याट्सम्यानलाई सस्तैमा गुमाएको भएपनी मोहम्मद नैईमले शानदार ब्याटिङ गर्दै ईनिङलाई अगाडी बढाएका थिए ।

टिमको स्कोर २.५ ओभर भित्र १२ रन हुँदा बंगलादेशले लिटोन दासलाई ९ रन र सौम्या सरकारलाई सुन्य रनमा गुमाएको थियो ।

तर यसपछि बंगलादेशले राम्रो साथ पायो । मोहम्मद नैईम र मोहम्मद मुथुनले ईनिङलाई बढाउने क्रममा तेस्रो विकेटका लागि ९८ रनको साझेदारी गरेपछी टिम जिततर्फ अग्रसर भएको थियो ।

तर बिडम्बना खेलको १३ औं ओभरको अन्तिम बलमा मिथुन ब्यक्तिगत २७ रनमा आउट भएपछी बंगलादेशले थप दबाब महसुस गर्ने क्रममा लगत्तै विकेट किपर ब्याट्सम्यान मुश्फिकुर रहीमलाई सुन्य रनमा गुमाएपछी थप दबाब सिर्जना भएको थियो ।

र मोहम्मद नैइम पनि ईनिङको १५.३ ओभरमा ८१ रन बनाएर आउट हुन पुगेपछी बंगलादेशको आशा सकिएको थियो ।

बलिङतर्फ भारतका दिपक चाहरले सर्बाधिक ६ विकेट हात पार्दा सिभम दुबेले ३ र युजभेन्द्र चहलले पनि एक विकेट हात पारे ।

त्यसअघि नागपुरस्थित विदर्भ क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा घरेलु टोली भारतले ट्स हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो ।

खेलमा ओपनर ब्याट्सम्यान तथा टिमका कप्तान रोहित शर्मालाई आईतबार भएको सिरिजको अन्तिम खेलमा भने सस्तैमा गुमाएको थियो ।

अघिल्लो खेलमा रोहितले धुवाँधार ब्याटिङ गर्ने क्रममा एक्कैले ८५ रनको पारी खेलेका थिए । तर यसपटक भने उनी दोस्रो ओभरको तेस्रो बलमा मात्र २ रन बनाएर आउट हुन पुगे ।

यस्तै अर्का ओपनर ब्याट्सम्यान शिखर धवनले पनि ठूलो पारी खेल्न सकेनन उनी १९ रनमा आउट हुन पुगे ।

त्यसपछि लोकेश राहुल र श्रेयस अय्यरबीच तेस्रो विकेटका लागि ५९ रनको साझेदारी हुन पुगेपछि टिम ठूलो योगफलतर्फ अग्रसर भएको थियो ।

१२.१ ओभरमा टिमको स्कोर ९४ रन हुँदा आउट हुन पुगेका लोकेश राहुलले अर्धशतकिय पारी खेले ।

क्याच आउट हुनुअघि उनले ३५ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै श्रेयस अय्यर ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ६२ रनको योगदान टिमलाई दिए ।

३३ बलको सामना गरेका उनले ३ चौका र ५ छ्क्का प्रहार गरेका थिए ।

अन्त्यतिर मनिश पाण्डेले आक्रमक ब्याटिङ गर्दै अबिजित रह्दै २२ रन बनाएका थिए।

बलिङतर्फ बंगलादेशका शफीउल इस्लाम र सौम्या सरकारले समान २/२ विकेट हात पार्दा अल अमिन हुसेनले एक विकेट लिए ।

अब भारत भ्रमणमा रहेको बंगलादेश र घरेलु टोली भारतबीच दुई टेस्ट खेल हुनेछ । पहिलो टेस्ट खेल आउँदो बिहिबारबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *