onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

भारतद्वारा बंगलादेशसामु ठुलो लक्ष्य प्रस्तुत

एजेन्सी – श्रेयस अय्यर र लोकेश राहुलको अर्धशतकिय पारीको मद्दतमा अहिले जारी भारत र बंगलादेशबीचको टि – ट्वान्टी खेलमा भारतले बंगलादेशसामु ठुलो लक्ष्य प्रस्तुत गरेको छ ।

नागपुरस्थित विदर्भ क्रिकेट एसोसिएसन स्टेडियममा जारी खेलमा घरेलु टोली भारतले ट्स हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको छ ।

खेलमा ओपनर ब्याट्सम्यान तथा टिमका कप्तान रोहित शर्मालाई आज भने सस्तैमा गुमाएको थियो । अघिल्लो खेलमा रोहितले धुवाँधार ब्याटिङ गर्ने क्रममा एक्कैले ८५ रनको पारी खेलेका थिए । तर आज उनि दोस्रो ओभरको तेस्रो बलमा मात्र २ रन बनाएर आउट हुन पुगे ।

यस्तै अर्का शिखर धवनले पनि ठूलो पारी खेल्न सकेनन उनी १९ रनमा आउट हुन पुगे । त्यसपछि लोकेश राहुल र श्रेयस अय्यरबीच तेस्रो विकेटका लागि ५९ रनको साझेदारी हुन पुगेको थियो ।

१२.१ ओभरमा टिमको स्कोर ९४ रन हुँदा आउट हुन पुगेका लोकेश राहुलले अर्धशतकिय पारी खेले ।

क्याच आउट हुनुअघि उनले ३५ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै श्रेयस अय्यर ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ६२ रनको योगदान टिमलाई दिए ।

३३ बलको सामना गरेका उनले ३ चौका र ५ छ्क्का प्रहार गरेका थिए ।

अन्त्यतिर मनिश पाण्डेले आक्रमक ब्याटिङ गर्दै अबिजित रह्दै २२ रन बनाएका थिए।

बलिङतर्फ बंगलादेशका शफीउल इस्लाम र सौम्या सरकारले समान २/२ विकेट हात पार्दा अल अमिन हुसेनले एक विकेट लिए ।

खेलमा भारतले दिएको १ सय ७५ रनको विजयी चुनौतीलाई पछ्याउँदै बंगलादेशले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

भारत भ्रमणमा रहेको बंगलादेश र भारतबीच टि – ट्वान्टी सिरिजमा अघिल्लो दुई खेलमा भारतले एउटा जित्दा बंगलादेशले पनि एक खेल आफ्नो पक्षमा पारेको छ । यस्तोमा आजको खेल जस्ले जित्नेछ सोही टिमले सिरिज आफ्नो नाममा लेखाउँन सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *