onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फोटो ग्यालेरी

स्वर्ण पदक जित्ने लक्ष्य बोकेको नेपाली महिला क्रिकेट टिमको पछिल्लो तयारी ( फोटोफिचर )

काठमाडौं ( अनलाइन खेलखबर ) ।। आउँदो मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) का लागि अहिले नेपाली महिला क्रिकेट टिमले स्वर्ण पदक जित्ने लक्ष्यसहित आफ्नो तयारी गरिरहेको अवस्था छ ।

प्रतियोगिताको मिति नजिकिदै गर्दा अहिले टिमको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।केही महिना अघि देखि काठमाडौंमा नेपालले आफ्नो तयारी गरिरहेको अबस्था छ ।

र बन्द प्रशिक्षणका क्रममा महिला टोलीका सदस्यहरुले नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) पनि खेले त्यसले थप तयारीमा ठुलो सहयोग पुर्याएको टिमको बिश्वास रहेको छ ।
भिडियो –
अहिले बन्द प्रशिक्षणमा २५ जनाको खेलाडीहरु रहेका छ्न यसैको आधारमा नेपालले अबको केही दिनपछि अन्तिम टिम घोषणा गर्नेछ ।

यता प्रतियोगितामा भारत र पाकिस्तान सहभागि नहुने जनाएका छ्न र प्रतियोगितामा नेपाल सहित बंगलादेश , श्रीलंका , भुटान र माल्दिभ्सले सहभागी जनाउँदै छ्न । खेल पोखरास्थित पोखरा रंगशालामा हुनेछ ।

अब हेर्नुहोस तस्वीरमा नेपालको पछिल्लो तयारी !

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *