onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्जम रेग्मि ले उत्कृष्ट बलिग गर्दा प्रदेश ४ माथी प्रदेश २ को शानदार जित

जेठ १५ , अनलाईन खेलखबर || राजधानि मा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रीकेट प्रतियोगिता को तेस्रो दिनको मुलपानि मा भएको खेलमा प्रदेश नम्वर ४ माथी प्रदेश २ ले ६७ रनको जित हासिल गरेको छ ।

मुलपानी क्रीकेट मैदान मा आज टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर २ ले ४४.३ ओवर मा अलआउट हुँदै १ सय ५८ रन बनाएको थियो । जसमा विशाल शुसलिग ले २६ रन , रासिद खान ले १८ रन , मेहेबुब आलम र राहुल प्रताप सिँह ले समान १७/१७ रन बनाए भने हरि सङ्खर शाह ले १२ रन , रितेश सिँह ले १० रन र हसिम अन्सारी ले ६ रन बनाएका थिए ।

बलिग तर्फ प्रदेश नम्बर ४ का बिपिन कार्की र हरि बहादुर चौहान ले समान ३/३ विकेट लिन सफल भए ।

सामान्य औषत लक्ष्य १ सय ५९ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको प्रदेश ४ ले निराशाजनक प्रदशन गर्दै २८.५ ओवर मा मात्र ९१ रन मा अलआउट हुन पुग्यो । जसमा अनिल गुरुङ ले ६९ बलको सामना गर्दै ३७ रन बनाए उन ले ३ चौका प्रहार गरेका थिए यस्तै सुमन घिमिरे ले ३२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले दोहोरो रन जोडन असफल भए पछि टिमले हार ब्यहोर्न बाध्य भयो ।

बलिग तर्फ भने प्रदेश २ का सन्जम रेग्मी ले सर्बाधिक ५ विकेट लिए भने सम्साद शेख ले ४ बिकेट लिदाँ मेहबुब आलम ले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्