onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

`सागमा भारत र पाकिस्तान आउँदैन भने हामी खुशी हुनु जरुरी छैन´- कप्तान रुविना क्षेत्री

काठमाडौं ( अनलाइन खेलखबर ) | मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुन् गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) को क्रिकेटतर्फ भारत र पाकिस्तानले सहभागिता नजनाउँने भएपछी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले उनिहरु सहभागी हुन् नआउँदा हामीहरु खुशी हुनु पर्ने जरुरी नभएको बताएकी छिन ।

अनलाइन खेलखबरसँग कुराकानी गर्ने क्रममा उनले यस्तो भनाई व्यक्त गरेकी हुन् | “हामीहरु राम्रो देशसँग खेल्न उत्साहित नै हो , उनिहरु आउँदैन भन्दा दुखित पनि छौ , उनीहरु सँग प्रतिष्पर्दा गर्न पाएनौं भनेर…तर हामीलाई अझ नजिक जान मौका मिलेको छ´´उनि भन्छिन ।

उनिहरु खेल्न आईदिएको भए खेल्न रमाईलो समेत हुने भन्दै जुन टिम आएपनि राम्रो क्रिकेट खेल्ने सोच रहेको र आफुहरु त्यसैमा केन्दित समेत रहेको बताएकी थिइन् ।

यता सागमा गोल्ड पदक उचाल्ने लक्ष्यमा रहेको नेपाली टोलिको तयारी पनि राम्रो भएको भन्दै हालै काठमाडौंमा भएको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लूसिएल ) ले पनि तयारिमा ठुलो सहयोग पुर्याएको धारणा उनमा रहेको छ ।

यता डब्लुसिएलका दौरान ईन्जुरीबाट ग्रसित हुन् पुगेकी रुविना आफ्नो ईन्जुरी ९० प्रतिशत जति ठिक भईसकेको र अब आफु खेल्न तयार समेत रहेको जानकारी गराएकि थिईन ।

सागको मिति नजिकिदै गर्दा अहिले टिमले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।

सागको क्रिकेटतर्फ नेपाल सहित भुटान ,श्रीलंका , बंगलादेश , माल्दिभ्स सहभागिता जनाउदै छन । खेल पोखरास्थित पोखरा रंगशालामा हुनेछ |

भिडियो पनि हेर्नुहोस !

प्रतिक्रिया दिनुहोस्