onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमसीसीबिरुद्दको टि -ट्वान्टी खेलमा नेपालले सुरुमा बलिङ गर्ने

काठमाडौ ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्लब मेरिलेवेन क्रिकेट क्लब ( एमसीसी ) र नेपाल मिश्रितबीचको टि – ट्वान्टी खेल अबको केही समयपछि हुँदैछ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको भर्खरै भएको ट्समा नेपालले ट्स हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

भ्रमणमा रहेको एमसीसीले किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो अन्तिम खेल खेल्दैछ । यो खेलपछि टोली पोखरा जानेछ र पोखरामा रहेर टिमले स्थानिय दुई टिमसँग टि – ट्वान्टी खेल खेल्ने भनिएको छ ।

अब हुन गईरहेकको आजको खेलमा नेपाली टिमलाई कप्तानी रोहित कुमार पौडेलले गर्दैछ्न ।

यसअघि एमसीसीले दुई एकदिवसिय र एक प्रथम श्रेणीको खेल खेलिसकेको छ । जसमा पहिलो एकदिवसियमा एमसीसीले नेपाली यु – १९ टिमलाई ३८ रनले पराजित गरेको थियो ।

भने दोस्रो एकदिवसिय खेलमा नेपालसँग एमसीसीले ५ विकेटले पराजित हुँदा प्रथम श्रेणी क्रिकेटमा भने एमसीसीले नेपाललाई २ सय ८ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्