एमसीसीले आज काठमाडौंमा अन्तिम टि – ट्वान्टी खेल खेल्दै : नेपाली टिमको कप्तानी रोहितले गर्दै

एमसीसीले आज काठमाडौंमा अन्तिम टि – ट्वान्टी खेल खेल्दै : नेपाली टिमको कप्तानी रोहितले गर्दै

काठमाडौ ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्लब मेरिलेवेन क्रिकेट क्लब ( एमसीसी ) र नेपाल मिस्रीतबीच आज टि – ट्वान्टी खेल हुँदैछ ।

भ्रमणमा रहेको एमसीसीले किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो अन्तिम खेल खेल्दैछ । यो खेलपछि टोली पोखरा जानेछ र पोखरामा रहेर टिमले दुई टि – ट्वान्टी खेल खेल्ने भनिएको छ ।

यता काठमाडौंमा हुने अन्तिम खेल बिहान ११ बजेपछि हुने नेपाली राष्ट्रिय टिमका ब्यबस्थापक सुमनराज कार्कीले जानकारी दिएका छ्न ।

नेपाली टिमलाई कप्तानी रोहित कुमार पौडेलले गर्ने बताएपनि अन्य बाकीको को-को हुने हुनेछ्न टिममा त्यो अझै सार्वजनिक गरिएको छैन ।

तर यसअघि टिममा मौका नपाएका खेलाडीलाई आज मौका पाउन सक्ने प्रबल सम्भावना रहेको छ ।

यसअघि एमसीसीले दुई एकदिवसिय र एक प्रथम श्रेणीको खेल खेलिसकेको छ । जसमा पहिलो एकदिवसियमा एमसीसीले नेपाली यु – १९ टिमलाई ३८ रनले पराजित गरेको थियो ।

भने दोस्रो एकदिवसिय खेलमा नेपालसँग एमसीसीले ५ विकेटले पराजित हुँदा प्रथम श्रेणी क्रिकेटमा भने एमसीसीले नेपाललाई २ सय ८ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *