onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

नेपालको लगातार दोस्रो हार

काठमाडौं ( अनलाइन खेलखबर ) । ईरानमा जारी एएफसी यु -१९ च्यापिम्पयनसिप छनोट प्रतियोगितामा नेपाल लगातार दोस्रोपटक पराजित हुन पुगेको छ ।

यसअघि पहिलो खेलमा युएईसँग ४-० ले पराजित भएको नेपाली टोली शुक्रबार भएको आफ्नो दोस्रो खेलमा आयोजक ईरानसँग फराकिलो अन्तरले पराजित हुने क्रममा ४-० ले हार ब्यहोरेको छ ।

यता खेलमा नेपालले बलियो ईरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको भएपनि दोस्रो हाफमा सम्हालिन सकेन र एकपछि अर्को गोल खाने क्रममा ४ गोल खान पुग्दा टिमले अर्को लज्जास्पद हार ब्यहोर्न बाध्य भयो ।

ईरानले नेपालमाथि खेलको ७७ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो त्यसपछि ईरानले खेलको ८५ , ८६ र ९० औं मिनेटमा गोल गरेको थियो ।

योसँगै समूह `डि ´ मा रहेको नेपाल प्रतियोगिताबाट बाहिएको छ अब यस छ्नोट प्रतियोगितामा तेस्रो तथा अन्तिम खेलमा किर्गीस्तानको सामना गर्नेछ जुन खेल आउँदो आईतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *