onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

सात युवाको सर्हानिय कामपछि सुगन्धित टियु मैदान

काठमाडौ ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्लब मेरिलेवेन क्रिकेट क्लब ( एमसीसी ) र नेपालबीच अहिले किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलहरु चलिरहदा एक युवाहरुको समूहले सर्हानिय काम गरेका छ्न ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलको रौनक जारी रहदा खेल हेर्न आएका दर्शकबाट प्याराफिटतर्फ जम्मा भएको फोहोरलाई सरोज खड्काको नेतृत्वमा रहेको युवा टिमले त्यो जम्मा भईरहेको फोहोरलाई ब्यबस्थापन गरेका छ्न ।

शुक्रबार प्रथम श्रेणीको खेल समाप्ती पछि भ्रमणको किर्तिपुरमा हुने अन्तिम खेलअघि यी युवाहरुको समूहले मैदानको प्याराफिट सफा गरेका छ्न ।

सरसफाई पछि शुक्रबार सामाजिक सन्जालमार्फत आफुहरुले गरेको कामलाई सार्वजनिक गरेका उनिहरुले भनेका छ्न “ म बन्द्लिन्छु अनि मेरो देश बद्लिन्छ ” भन्दै यो अभियान सुरु गरेको बताएका छ्न ।

सुरुमा आफुहरु दुईजनाले सुरु गरेको कामलाई देखेर अन्य जोडिने क्रममा ७ जना भएको र त्यही ७ जनाले थुप्रीदै आएको फोहोरलाई ब्यबस्थापन गरेको सरोजले जानकारी गराएका छ्न ।

यस विषयमा सम्बधित निकायले देखेर पनि नदेखेको झै गरेको अबस्थामा यि ७ युवामा चेत रहेछ त्यो आफैमा सकारात्मक पक्ष रहेको छ ।

तर यो दीर्घकालिन भने होईन खेल हेर्न आउने दर्शकहरुलाई पनि फोहोरलाई सहि ब्यबस्थापन गर्नु पर्छ भन्ने चेतना आउन जरुरी छ ।

र प्याराफिटतर्फ सफा राखिरहन डस्फिनको पनि ब्यबस्था सम्बन्धित निकायले गर्न अहिलेको आबस्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *