onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

नेपाली यु -१९ महिला क्रिकेट टिम लाग्यो चीनतर्फ

काठमाडौं(अनलाइन खेलखबर ) | आउँदो कार्तिक २५ देखि ३० सम्म चीनमा हुन गईरहेको `बी एण्ड आर कप ´ महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली यू- १९ महिला क्रिकेट टोली आज दिउँसो त्यसतर्फ प्रस्थान गरेको छ ।

फोटो सौजन्य : चितवन राईनोज

चीनजानुअघि नेपाली टिमलाई नेपाल क्रिकेट संघ ( क्यान ) का सचिब अशोक नाथ प्याकुरेल र आईसीसीका नेपाल प्रतिनिधि रौनक मल्ल लगायतको उपस्थितिमा विदाई गरिएको थियो ।

डोलि भट्टको कप्तानीमा रहेको नेपाली टोलीलाई कविता कुवँरले उप – कप्तानी गर्नेछिन ।

कलाम खानको प्रशिक्षकमा रहेको नेपाली युवा टिममा भर्खरै नेपालको पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल) मा राम्रो प्रभाव छोड्न सफल भएका खेलाडीलाई प्राथमिकता दिदै टोलीमा समाबेश गरिएको छ ।

कुल ६ टिमको सहभागिता रहने यस प्रतियोगितामा नेपालले पहिलो खेल कार्तिक २५ गते थाईल्याण्डसँग खेल्दै सुरुवात गर्नेछ भने कार्तिक २६ गते नेपालले दुई खेल खेल्ने क्रममा साउदी अरेबिया र आयोजक चीनको सामना गर्नेछ ।

यस्तै मलेसियासँग २८ गते खेल्नेछ भने २९ गते नेपालले म्यानमारसँग खेल्ने खेलतालिका रहेको छ ।

नेपाली यु – १९ महिला टिम !

डली भट्ट ( कप्तान ) , कविता कुँवर ( उपकप्तान ) , कृतिका मरासिनी , यसोधा बिष्ट , श्रीस्टि जैसी, राजमती ऐरि, इश्वरी बिष्ट , लक्ष्मी साउद, खुसि डंगोल, गोमा आले, ज्योति दनुवार, निग्मा तामाङ , शिला रेग्मी र लाखिता राजबंशी

बैकल्पिक खेलाडीहरु :- हेलिशा लामा गुरुङ , पेम लिम्बु र मनिषा राना

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *