onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

नेपालमाथि एमसिसीको सहज जित

काठमाडौ ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्लब मेरिलेवेन क्रिकेट क्लब ( एमसीसी ) ले प्रथम श्रेणी क्रिकेटमा नेपालमाथि जित हासिल गरेको छ |

एमसिसीले दिएको ३ सय ९३ रनको विजयी लक्ष्यलाई पछ्याएको नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १ सय ८४ रनमा सिमित भएपछी खेल एमसिसीले २ सय ८ रनले खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो |

नेपालले ईनिङमा राम्रो सुरुवात गरेको भएपनि पहिलो विकेटपछी नेपालले आफ्नो विकेट क्रमश गुमाउदै गएको थियो |

लन्चब्रेकसम्म ९ ओभरमा नेपालले मात्र १ विकेट गुमाएर ५१ रन बनाएको भएता पनि ब्रेकपछी नेपालले आफ्नो विकेट गुमाउदै गएपछि नेपाल अन्तत : अलआउट हुन् पुग्यो |

टिमले आफ्नो पहिलो विकेटका रुपमा टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई ६ रन बनाएको अबस्थामा गुमाएको थियो | राजु रिजालले ३१ तथा शरदले १५ रन बनाउदा करन केसीले १८ रन बनाउँदा दिपेन्द्र सिह एरि , बिनोद भण्डारी र पवन सरार्फ सुन्य रनमा आउट हुने पुगे |

यस्तै सोमपाल कामीले सर्बाधिक ५१ रनको योगदान गर्दा सन्दिप लामिछानेले २५ रन बनाएका थिए |

अब भ्रमण अन्तर्गत एमसिसीले शनिबार नेपाली मिस्रित टिमसँग टि -ट्वान्टी खेल खेल्नेछ | त्यसपछी एमसिसी अब पोखरा जाने छ जहाँ दुई टि-ट्वान्टी खेल खेल्ने कार्यक्रम रहेको छ |

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *