onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दोस्रो टि – ट्वान्टीमा बंगलादेशद्वारा भारतसामु सम्मानजनक चुनौती प्रस्तुत

एजेन्सी – भारत भ्रमणमा रहेको बंगलादेशले तिन खेलको टि – ट्वान्टी सिरिज अन्तर्गत अहिले घरेलु टोली भारतसँग भिडिरहेको छ ।

भारतको राजकोटमा अबस्थित सौराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभर पुरै खेलेर ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको छ ।

बंगलादेशलाई सम्मानजनक स्कोरतर्फ पुर्याउन ओपनर ब्याट्सम्यान लिटन दास र मोहमद नैईमले शानदार सुरुवात दिलाउने क्रममा ओपनिङ ६० रनको साझेदारी गरेका थिए

७.२ ओभरमा टिमले पहिलो विकेट्का रुपमा लिटन दासलाई २९ रनमा गुमाएको थियो उनी रन आउट हुन पुगेका थिए । लिटन आउट भएपछी लगत्तै अर्का ओपनर नैइमपनि आउट हुन पुगे ।

३१ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा ३६ रनको योगदान गरेका थिए । त्यसपछि मैदान प्रबेश गरेका सौम्या सरकारले पनि ३० रन बनापछी टिम अझ राम्रो स्थितितर्फ अग्रसर भएको थियो ।

त्यसपछि कप्तान महमूदुल्लाहले पनि ३० रनको पारी खेलेपछी टिमले यो योगफल खडा गर्न सफल भएको हो ।

बलिङतर्फ भारतका युजभेन्द्र चहलले २ तथा वासिङटन सुन्दर , दिपक चाहार र खलिल अहमदले समान १/१ विकेट लिएका थिए ।

अब बंगलादेशले दिएको १ सय ५४ रनको चुनौतीलाई पछ्याउँदै घरेलु टोली भारतले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

यता सिरिजको पहिलो खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरिसकेको अबस्था छ ।

प्रतिक्रिया दिनुहोस्