onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

धावक रामसुन्दर कार्की लतिलपुरदेखि रामजानकी मन्दिरसम्म दौड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | लामो दूरीका धावक रामसुन्दर कार्की लतिलपुरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गोदामचौरका स्थानिय समेत रहेका कार्कीले आफनै लगानीमा निर्माण गरेको हनुमान मन्दिर हाताबाट आउँदो मंसिर १२ गते दौड प्रारम्भ गर्ने छन् ।

जसका लागि सम्पुर्ण तयारी समेत पूरा भएको र यो दौडबाट संकलन भएको रकम सामाजिक कार्यका लागि प्रदान गर्ने कार्कीले बताएका छ्न ।

कार्कीले यसअधि दौडेर नेपालका ७५ जिल्ला पुगिसकेका छन् । यसबाहेक पनि काठमाडौं देखि लुम्बिनी ६ पटक, काठमाडौ देखि सिन्धुली ३ पटक , काठमाडौं देखि दोलखा ३ पटक दौड पूरा गरेका कार्कीले काठमाडौंदेखि भारतको विभिन्न स्थान र काठमाडौंदेखि भुटानसम्म पनि दौडेका छन् ।

कार्कीले एभरेष्ट म्याराथन, अन्नपूर्ण म्याराथन, अन्नपूर्ण ट्रेल रेस (१०० किमि) लगायत विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्