onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

नेपाल म्यानमारसँग पराजित

काठमाडौ ( अनलाइन खेलखबर ) । म्यानमारसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित हुन पुगेको छ ।

फाईल फोटो ।

सन २०२२ मा एसियायी मुलुक कतार र सन २०२३ मा चीनमा हुने एसियन कपको छ्नोट खेलिरहेको नेपाली फुटबल टिमले आउँदो मंसिर ३ गते हुने कुबतबिरुद्दको खेल अघि थप तयारीका लागि म्यानमारसँग खेलेको थियो।

जसअन्तर्गत नेपाल घरेलु टिम म्यानमारसँग ३-० ले पराजित हुन पुगेको छ ।

खेलमा नेपालले पहिलो हाफमा २-० ले पछाडी परेको अवस्थामा दोस्रो हाफमा पनि एक गोल खाएपछी समग्रमा नेपाल ३-० गोल अन्तरले पराजित हुन पुगेको हो ।

खेलमा नेपालले खेलको तेस्रो मिनेटमानै पहिलो गोल खाएको थियो त्यसपछि नेपालले पहिलो हाफको अन्त्यतिर दोस्रो गोल खादा तेस्रो गोल खेलको ६९ औं मिनेटमा खाएको थियो ।

कुबेतसँगको छ्नोट खेल खेल्नुअघि नेपालले ४ खेल खेलिसकेको छ । जसमा नेपालले एक खेल मात्र आफ्नो पक्षमा पार्दा अन्य तीन खेल गुमाएको अवस्था छ ।

र छ्नोटको समूह`डि ´ मा रहेको नेपाल अंकतालिकामा ३ अंकका साथ चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *