onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेन वाट्सन को धुवाँधार सतकिय ब्याटिङ को मद्दत मा चेन्नई ले चुम्यो आईपिएल उपाधी

एजेन्सी , अनलाईन खेलखबर || ११ औं संस्करण को ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आज भएको फाईनल खेल मा सनराईजर्स हैदराबाद लाई ८ विकेट ले पराजित गर्दै चेन्नई सुपर किग्सं च्याम्पियन बनेको छ ।

सेन वाटसन मय भएको आईपिएल फाईनल वानखडे रंगशाला मुम्बई मा खेल मा टस हारेर पहिले सनराईजर्स हैदराबाद ले पहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गरेको हैदराबाद ले निर्धारित पुरै २० ओ वर खेल्दै ६ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । जसमा कप्तान केन विलिम्सन र युसुभ पढान ले अबिजित उत्कृष्ट पारी खेलेका थिए । विलिम्सन ले ३६ बलको सामना गर्दै ५ चौका २ छ्क्का को मद्दत मा ४७ रनको पारी खेलेका थिए भने युसुभ पढान ले अबिजित ४५ रनको पारी खेलेका थिए । यता हैदराबाद ले पहिलो बिकेट श्रीभत गोसवामि लाई ५ रन मा दोस्रो ओवर मै गुमाएको थियो भने दोस्रो विकेट का रुपमा शिखर धवन लाई टिमको स्कोर ६४ रन हुदा ८.३ ओवर मा मात्र २६ रन मा गुमाएको थियो । यस्तै साकिव उल हसन ले २३ रन बनाए भने दिपक हुडा ले ३ रन र कार्लोस ब्रैथबेट ले २१ रन बनाउन सफल भएका थिए ।

बलिग मा भने चेन्नई का लागि लुग्गि एनगिदि , शारदुल ठाकुर , कर्ण सर्मा , डिजे ब्राबो र रबिन्द्र जडेजाले समान १/१ विकेट लिएका थिए ।

१ सय ७९ रनको बिजयी लक्ष्य पछ्याएको चेन्नई सुपर किग्सं ले उक्त लक्ष्य १८.३ ओवर मा मात्र २ विकेट गुमाएर भेटायो , सेन वाट्सन मय बनेको फाईनल खेल वाट्स सन ले धुवाँधार सतकिय पारी खेल्दै टिम लाई यस बर्ष को च्याम्पियन टोलि बनाए , उनले ५७ बलको सामना गर्दै सतकिय पारी ११७ रनमा अबिजित रहे उनले ११ चौका ८ छ्क्का प्रहार गरे , चेन्नई ले पहिलो बिकेट ३.६ ओवर मा फाफ डुप्लेसी लाई १० रन र टिमको स्कोर १६ रन मा गुमाएको भएता पनि सेन वाट्सन र सुरेश रैना ले राम्रो साझेदारि गरेका थिए , रैना दोस्रो बिकेट का रुपमा ३२ रन मा आउट भए भने रायुडु १६ रन मा अबिजित रहे ।

बलिग तर्फ हैदराबाद का लागि सन्दिप सर्मा र कार्लोस ले १/१ विकेट लिएका थिए

फाईनल खेलको म्यान अफ द म्याच सतकिय पारी खेलेका सेन वाटसन घोषित भएका छ्न ।

दुई बर्ष पछि फर्किएको चेन्नई सुपर किग्स ले शानदार कमब्याक गर्दै टिम लाई च्याम्पियन गराउन सफल भयो । चेन्नई ले सन २०१० र २०११ मा लगातार २ बर्ष उपाधी कब्जा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्