onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कप क्रीकेट : दोस्रो खेल मा प्रदेश ७ द्रारा प्रदेश ६ , ४८ रनले पराजित

जेठ १३ , अनलाईन खेलखबर || राजधानि मा जारी नेपाल को सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप को पहिलो दिनको दोस्रो खेल मा प्रदेश ६ , प्रदेश ७ सगँ ४८ रनले पराजित भएको छ ।

प्रतियोगिता को बैकल्पिक मैदान मुलपानी क्रीकेट मैदान मा भएको खेल मा पहिले टस हारेर ब्याटिङ गरेको प्रदेश ७ ले ३१.३ ओवर मै अलआउट हुदाँ निकै कम स्कोर १ सय २५ रन मात्र बनाएको थियो ।

१ सय २६ रनको सामन्य लक्ष्य पछ्याएको प्रदेश ६ ले पनि राम्रो ब्याटिङ गर्न सकेन उसले केबल ७७ रन मै अलआउट हुन पुग्यो । उसका कप्तान रबिन्द्रजगँ शाही ले २९ र दिवान पुनले १३ रन बनाउनु बाहेक अन्य कुनै ब्याटसम्यान ले दोहोरो अंक जोडन नसक्दा कम स्कोर पनि पूरा गर्न सकेनन । र नमिठो हार ब्यहोर्नु बाध्य भयो ।

प्रतिक्रिया दिनुहोस्