onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कप क्रीकेट को पहिलो खेल मा प्रदेश नब्बर ४ माथी एपीएफ को शानदार जित ( फोटोफिचर सहित )

जेठ १३ , अनलाईन खेलखबर || राजधानी मा जारी नेपाल को सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप को पहिलो दिनको उद्घाट्न खेल मा प्रदेश नम्बर ४ एफिएफ क्लब सगँ ५ विकेट ले पराजित भएको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रीकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ४ ले निर्धारित पुरै ५० ओ वर खेल्दै ९ विकेट गुमाएर २ सय ३९ रनको सम्मानजनक योगफल खडा गरेको थियो । जसमा कप्तान बिधान श्रेष्ठ ले कप्तानी र हरि बहादुर चौहान ले उत्कृष्ट पारी खेल्दा उक्त स्कोर तर्फ प्रदेश नम्बर ४ पुगेको थियो । कप्तान श्रेष्ठ ले ८२ बलको सामना गर्दै ४३ रन बनाएका थिए भने चौहान ले ५७ रनको अर्थसतकिय पारी खेलेका थिए । यस्तै राजु गुरुङ ले २१ रन , बिपिन खत्री ले २७ रन ,सन्तोश न्यौपाने ले १२ रन आकाश थापा ले ८ रनको योगदान दिदा अनिल गुरुङ ले ७ रन बनाएका थिए ।

बलिग तर्फ एपीएफ का कमल सिँह एरि ले सर्बाधिक ३ विकेट लिए भने अमर सिँह रौटेला ले २ विकेट लिदा पृथ्यु बास्कोटा र करन केसि ले समान १/१ विकेट लिएका थिए ।

२ सय ४० रनको बिजयी लक्ष्य पछ्याउने क्रम मा बिभागिय टोलि एपिएफ ले उक्त लक्ष्य ३६ ओवर ३ बल मा ५ बिकेट गुमाएर भेटायो । एपीएफ को जितमा रोहित कुमार पौडेल को उत्कृष्ट पारी खेल्दै अबिजित ७३ रन बनाएका थिए उनले ४१ बलको सामना गर्दै १० चौका र ३ छ्क्का को मद्धत ले ठूलो पारी खेल्दै टिमलाई प्रतियोगिता को सुरुवाती खलमै जित दिलाउँन सफल भए । यस्तै सुबाश खकुरेल ले ४८ रन बनाए भने पृथ्यु बास्कोटा ले ५३ रन प्रदिप एरि ले ३७ रन बनाएका थिए । यस्तै आसिफ शेख र अनिल शाह भने आज चल्न सकेनन उनले क्रमश ५ र १ रन मात्र बनाएका थिए ।

बलिग तर्फ बिपिन खत्री , मेख बहादुर सेन , हरि बहादुर चौहान , गोबिन्द प्रदान र सुमन घिमिरे ले समान १/१ विकेट हात पारेका थिए ।

खेलको अन्य केहि तस्बिरहरु पनि हेर्नुहोस ||

प्रतिक्रिया दिनुहोस्