onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यु – १९ महिला क्रिकेट टोलीको घोषणा : डोलिलाई कप्तानिको जिम्मेवारी

काठमाडौं(अनलाइन खेलखबर ) | आउँदो कार्तिक २५ देखि ३० सम्म चीनमा हुन गईरहेको `बी एण्ड आर कप ´ महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली यू- १९ महिला टोलीको घोषणा गरिएको छ ।

आज बुधबार घोषणा गरिएको १४ सदस्यीय टोलीको कप्तानीको जिम्मेवारी डोलि भट्टलाई दिएको छ भने उप – कप्तानी कविता कुवँरले गर्नेछिन ।

कलाम खानको प्रशिक्षकमा रहेको नेपाली युवा टिममा भर्खरै नेपालको पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल) मा राम्रो प्रभाव छोड्न सफल भएका खेलाडीलाई प्राथमिकता दिदै टोलीमा समाबेश गरिएको छ ।

खेल तालिका

यु – १९ महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का चिफ प्रशिक्षक जगत टमटा , छ्नोट समितिका सदस्य बिनोद दास र प्रशिक्षक कलाम खानले टिम छ्नोट गरेको हो ।

नेपाली यु – १९ महिला टिम !

डली भट्ट ( कप्तान ) , कविता कुँवर ( उपकप्तान ) , कृतिका मरासिनी , यसोधा बिष्ट , श्रीस्टि जैसी, राजमती ऐरि, इश्वरी बिष्ट , लक्ष्मी साउद, खुसि डंगोल, गोमा आले, ज्योति दनुवार, निग्मा तामाङ , शिला रेग्मी र लाखिता राजबंशी

बैकल्पिक खेलाडीहरु :- हेलिशा लामा गुरुङ , पेम लिम्बु र मनिषा राना

प्रतिक्रिया दिनुहोस्