onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिपलाई दोस्रो सफलता

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अहिले जारी मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्धको प्रथम श्रेणिमा टिमका लागि छठौं विकेट लिन सफल भएका छ्न

उनले ब्यक्तिगत दोस्रो विकेट लिने क्रममा ७१.१ ओभरमा राम्रो ब्याटिङ गरिरहेका विन भानडरसपारलाई ब्यक्तिगत ५३ रनमा पभेलियनको बाटो देखाई दिएका छ्न ।

त्यघि सन्दिपले पहिलो विकेटका रुपमा ६८ ओभरको चौथो बलमा एडयोङलाई १७ रनमा आउट गराएका थिए ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले अहिले सम्म जारी ७५ ओभरमा ६ विकेट क्षतिमा २ सय ६६ रन बनाईसकेको छ ।

बलिङतर्फ नेपालका तर्फबाट यसअघि नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले समान दुई–दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्