onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालबिरुद्ध विल रोर्डसको अर्धशतक पूरा

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालबिरुद्दको प्रथम श्रेणी क्रिकेटमा एमसीसीका विल रोर्डसले अर्धशतक पूरा गरेका छ्न ।

नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेवन क्रिकेट क्लब (एमसीसी) सँग नेपालले अहिले प्रथम श्रेणी क्रिकेट खेलिरहेको अबस्था छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले अहिले सम्म राम्रो सुरुवात गर्ने क्रममा ३२ ओभर भित्र मात्र १ वि १ सय ६ रन बनाईसकेको छ ।

पहिलो विकेटको रुपमा पभेलियन फर्किएका बिल्ली गोडलमनले ईनिङको ८.१ ओभरमा १० रन बनाएर आउट हुन पुगेका थिए । उनलाई सोमपाल कामीले पभेलियनको बाटो देखाईदिएका थिए ।

अहिले मैदानमा विल रोर्डसले ६१ रन र टोम विस्टलीले २९ रन बनाएर खेलिरहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्