onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेतो जर्सीमा नेपाली खेलाडीहरु ( फोटोफिचर )

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेवन क्रिकेट क्लब (एमसीसी) सँग नेपालले अहिले प्रथम श्रेणी क्रिकेट खेलिरहेको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गर्दै अहिले
एमसीसीले ब्याटिङ गरेको छ ।

आजबाट सुरु भएको यो प्रथम श्रेणीको क्रिकेट शुक्रबारसम्म चल्नेछ ।

प्रथम श्रेणीमा नेपाल घरेलु मैदानमा १४ बर्षपछि फर्किदै छ । सन् २००५ मा त्रिवि मैदानमा युएईसँग खेलेपछी नेपालले बल्ल सेतो जर्सी र रातो बलमा खेलिरहेको छ ।

जसका लागि टिमका अधिकाम्स सबैलाई नयाँ अनुभव रहने छ । प्रथम श्रेणी नेपाली खेलाडीका लागि पक्कै नौलो हुनेछ र यसलाई कसरी लिने छ्न त्यो हेर्न लायक पक्कै हुनेछ ।

नेपालको राष्ट्रिय टोलीले यसअघि सोमबार एमसीसीसँग एकदिवसिय खेल खेलेको थियो । उक्त खेलमा नेपाल ५ विकेटले विजयी हुन सफल हुँदा एमसीसीले भ्रमणको पहिलो खेलमा नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

अब यो प्रथम श्रेणीको खेलपछि काठमाडौंमा एउटा् टि – ट्वान्टी खेल खेक्नेछ त्यसपछि टिम पोखरा लाग्नेछ र त्यहाँ स्थानिय टिमसँग दुई टि – ट्वान्टी खेल खेल्नेछ ।

अब हेर्नुहोस सेतो जर्सीमा नेपाली खेलाडीहरु !

प्रतिक्रिया दिनुहोस्