onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

आईसीसी टि – ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौं ( अनलाइन खेलखबर ) | अर्को वर्ष अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुन गईरहेको आईसीसी टि – ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

युएईमा भएको विश्वकपको अन्तिम छ्नोट अन्तर्गत ग्लोबल क्वालिफायर समाप्त भएसँगै आईसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

ग्लोबल क्वालिफायरबाट पपुवा न्युगिनी , आयरल्याण्ड , नेदरल्याण्ड , नामिबिया , ओमान र स्कटल्याण्ड विश्वकप पुगेका छ्न ।

विश्वकपमा दुई चरण हुने छ पहिलोमा ग्लोबल क्वालिफायरबाट आएका ६ टिम र वरियताका नवौ र दशौंस्थानमा रहेका भिड्ने छ्न ।

पहिलो चरणमा रहेका ८ टिमलाई फेरि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ` ए ´ मा श्रीलंका , आयरल्याण्ड , पपुवा न्युगिनी र ओमान रहेका छ्न ।

भने समूह ` बि ´ मा बंगलादेश , नामिबिया , नेदरल्याण्ड र स्कटल्याण्ड रहेका छ्न ।

यी दुई समुहका शीर्ष दुई टोली अर्को चरणमा पुग्नेछ्न र सुपर १२ मा पुग्नेछ्न ।

सुपर १२ मा पनि दुई समूह रहेको छ जसमा पहिलो समूह ` ए ” मा रहेको छ । जसमा पाकिस्तान , अष्ट्रेलिया , वेस्ट ईन्डिज ,न्युजिल्याण्ड , पहिलो चरणको समूह `ए ´ को विजेता र समूह `बि ´ को उप विजेता रहेने छ ।

र अर्को समूहमा भारत , ईङल्याण्ड ,दक्षिण अफ़्रिका , अफगानिस्तान , पहिलो चरणको समूह `बि´ को विजेता र समूह `ए ´ को उप विजेता रहेने छ ।

यसबाट समूहका दुई शीर्ष टोली सेमिफाइनल पुग्नेछ्न ।

यता सार्वजनिक खेलतालिका अनुसार विश्वकपको सुरुवात श्रीलंका र आयरल्याण्डको खेलबाट सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *