onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमसीसीद्वारा नेपालसामु मध्यम लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेलखबर ) | ईङल्याण्डको पुरानो तथा चर्चित क्रिकेट क्लब एमसीसीले अहिले नेपाली राष्ट्रिय टिमको सामना गरिरहेको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसी ३९.२ ओभरमा अलआउट हुँदै २ सय १ रनमा सिमित हुन पुगेको छ ।

एमसीसीका लागि दुई ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए । जसमा विल्ली गोडलम्यानले ५२ रन र विल रोर्डस ५४ रनको योगदान गरेका थिए ।

यस्तै विल भेन्डेस्पर ३६ रन र टोम विस्लीले १० रन बनाएका थिए ।

बलिङतर्फ नेपालका पवन र ललित राजबंशीले समान ४/४ विकेट हात पारे । भने अभिनास बोहरा र करन केसिले पनि १/१ विकेट हात पारे ।

अब एमसीसीले दिएको २ सय २ रनको विजयी चुनौतीलाई पछ्याउँदै नेपालले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्