onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमसीसीविरुद्ध नेपाल स्पष्ट जितको खोजिमा

काठमाडौं ( अनलाइन खेलखवर ) । नेपाल भ्रमणमा रहेको ईङल्याण्डको पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब ( एमसीसी)ले आज दोस्रो खेल अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमको सामना गर्नेछ ।

पहिलो खेलमा नेपाली यु -१९ लाई झिनो अन्तरले पराजित गरेको एमसीसी आज पनि जितको खोजिमा हुनेछ । तर यहाँ एमसीसीलाई भन्दा पनि नेपाली टिमलाई धेरै दबाब रहने छ ।

युवा टिमले गरेको प्रदर्शनका हिसाबले आज सिनियर टिमले अझ राम्रो गर्नु पर्ने आबस्यक देखिन्छ ।

घरेलु दर्शकहरुले राम्रो साथ दिईरहेका बेला नेपाली टिमले आज एकदिवसीय खेलमा एमसीसीमाथि स्पष्ट जित निकाल्न आबस्यक रहेको छ ।

किर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अबको केही समय पछि अर्थात ९ बजेबाट सुरु हुनेछ ।

एकदिवसियका लागि नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) आरिफ शेख , वसन्त रेग्मी , बिक्रम शोब , बिनोद भण्डारी , दीपेन्द्र सिँह एरि , ईशान पाण्डे , करन केसि , ललित राजबम्शी , पारस खड्का , रोहित पौडेल , सन्दिप लामिछाने , शरद भेषावकर र सोमपाल कामी

एमसीसीको टिम
जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

प्रतिक्रिया दिनुहोस्