onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

रोमान्चक बनेको खेलमा बंगलादेशसँग भारत पराजित

एजेन्सी – भारत भ्रमणमा रहेको बंगलादेशले आफ्नो पहिलो टि – ट्वान्टी खेलमा भारतलाई ७ विकेटले पराजित गर्न सफल भएको छ ।

खेलमा भारतले दिएको १ सय ४९ रनको विजयी चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेशले १९ . ३ ओभरमा मात्र ३ विकेट गुमाएर उक्त विजयी लक्ष्यलाई भेटायो ।

टिमलाई जिताउँन सौम्या सरकार र मुश्फिकुर रहीमबीच तेस्रो विकेटका लागि ६० रनको साझेदारी हुन पुगेपछी भारतबिरुद्दको सिरिजमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका सौम्या सरकारले टिमका लागि ३९ रनको पारी खेलेका थिए । खलिल अहमदको बलमा आउट हुनअघि उनले ३५ बलको सामना गर्दै १ चौका र २ छक्काको मद्दतमा ३९ रन बनाएका थिए ।

यस्तै अबिजित रहेका मुश्फिकुर रहीमले अर्धशतकिय पारी खेल्ने क्रममा ६० रन बनाएका थिए भने कप्तान मह्मुदुल्लाले पनि अबिजित रह्दै १५ रनको योगदान गरेपछी रोमाञ्चक बनेको खेलमा बंगलादेशले भारतमाथि जित हासिल गरेको हो ।

त्यसअघि लिटन दासले ७ तथा मोहम्मद नईमले २६ रनको योगदान गरेका थिए ।

बलिङतर्फ भारतका दिपक चाहर र युजभेन्द्र चाहर र खलिल अहमदले समान १/१ विकेट हात पारे ।

त्यसअघि अरुण जेट्ली रंगशाला दिल्लीमा भएको खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

भारतका लागि ओपनर ब्याट्सम्यान शिखर धवनले सर्बाधिक ४१ रन बनाएको थियो । यता टिमका अर्का ओपनर ब्याट्सम्यान रोहित शर्मा ९ रन बनाएर आउट हुन पुगेका थिए ।

रोहित पहिलो ओभरको अन्तिम बलमा टिमको स्कोर १० रन बनाउँदा आउट हुन पुगेका थिए ।

त्यसपछि टिमलाई शिखर धवन र लोकेश राहुलले अगाडी बढाएका थिए । तर ईनिङको ६.३ ओभरमा टिमको स्कोर ३६ रन हुँदा लोकेशलाई ब्यक्तिगत १५ रन बनाएर आउट हुन पुगेका थिए ।

र त्यसपछि श्रेयस अय्यरले टिमका लागि २२ तथा विकेटकिपर ब्याटिङ ब्याट्सम्यान रिशभ पन्तले २७ रनको योगदान गरेपछी टिमले सम्मानजनक स्कोरतर्फ पुगेको थियो ।

बलिङतर्फ बंगलादेशका सैइफुल ईस्लामले तथा ईनुमुल ईस्लामले समान २/२ विकेट लिए भने अफिफ हुसेनले १ विकेट लिए ।

अब सिरिज अन्तर्गत दोस्रो टि – ट्वान्टी खेल आउँदो मंगलबार हुनेछ । भारत भ्रमणमा रहेको बंगलादेश र भारतबीच ३ टि- ट्वान्टी खेल र २ टेस्ट खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *