onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेदरल्याण्डले उचाल्यो ग्लोबल क्वालिफायरको उपाधि

एजेन्सी – युएईमा भएको आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट प्रतियोगिताको रुपमा रहेको ग्लोबल क्वालिफायरको उपाधि नेदरल्याण्डले उचालेको हो ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेदरल्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै नेदरल्याण्ड प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा पपुवा न्युगिनीले दिएको १ सय २९ रनको विजयी चुनौतीलाई नेदरल्याण्डले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

नेदरल्याण्डलाई च्याम्पियन गराउँने क्रममा बेन कूपरले सर्बाधिक ४१ रन तथा रायन टेनले ३४ रनको योगदान गरे ।

बलिङतर्फ पपुवा न्युगिनिका भाला र नोसोईना पोक्नाले समान १/१ विकेट हात पारे ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पपुवा न्युगिनीले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो ।

पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्बाधिक ३९ तथा सेसे बाउले २९ र जासोन किलाले पनि अबिजित २७ रनको योगदान गरेपछी टिमले मध्यम स्कोरतर्फ पुगेको थियो ।

बलिङतर्फ नेदरल्याण्डका ब्रैंडन दस्तानेले ३ तथा रोलेफ र टिमम वैन डेर गुगटेनले समान २/२ विकेट हात पारे ।

योसँगै यस छ्नोट प्रतियोगिताबाट अर्को बर्ष अष्ट्रेलियामा हुने टि – ट्वान्टी विश्वकपमा १४ टिममध्यबाट ६ टिमले टिकट पक्का गरे । जसमा पपुवा न्युगिनी , आयरल्याण्ड , नेदरल्याण्ड , नामिबिया , ओमान र स्कटल्याण्ड रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्