onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिवल

सागको तयारीका लागि बिच भलिबल टोली आईतबार श्रीलंका जाँदै ।

काठमाडौं ( अनलाइन खेलखबर ) || आउँदो मंसिर १५ गतेबाट नेपालमा हुन गईरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय बिच भलिबल टोली आईतबार श्रीलंका जादैछ ।

टोली श्रीलंका जानुअघि शुक्रबार एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद र भलिबल संघले सयुक्त रुपमा टोलीलाई बिदाई गरिएको थियो ।

श्रीलंका जाने टोलीमा पुरुषतर्फबाट सन्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार रहेका छ्न भने महिलामा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला उप्रेती र मनीषा चौधरी छन ।

यस्तै प्रशिक्षकमा सुदेश रिमाल र कौशिला खत्री तथा टिम ब्यबस्थापकमा जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन ।

टोलीले श्रीलंकामा रहेर ५/५ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको जानकारी भलिबल संघले गराएको छ । टिम श्रीलंकाबाट नोभेम्बर १३ मा स्वदेश फर्किने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *