ग्लोबल क्वालिफायरको उपाधिका लागि नेदरल्याण्ड र पपुवा न्युगिनी भिड्ने

ग्लोबल क्वालिफायरको उपाधिका लागि नेदरल्याण्ड र पपुवा न्युगिनी भिड्ने

एजेन्सी – युएईमा जारी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट प्रतियोगिता ग्लोबल क्वालिफायरको उपाधिका लागि नेदरल्याण्ड र पपुवा न्युगिनी भिड्ने भएका छ्न ।

शुक्रबार राती पपुवा न्युगिनीले नामिबियालाई १८ रनले पराजित गरेसँगै पपुवा न्युगिनीले फाइनलमा नेदरल्याण्डसँग भेट पक्का गरेको हो ।

नेदरल्याण्डले पनि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा टेस्ट राष्ट्र आयरल्याण्डलाई २१ रनले पराजित गर्दै फाइनल प्रबेश गरेको थियो ।

अब यी दुईबिच उपाधिका लागि आज प्रतिष्पर्दा हुदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राती सवा ९ बजेपछी सुरु हुनेछ ।

भने त्यसअघि तेस्रो स्थानका लागि दिउँसो ३:५५ देखि आयरल्याण्ड र नामिबिया भिड्ने छ्न ।

यता विश्वकप छ्नोटको अन्तिम छ्नोट प्रतियोगिता रहेको यस ग्लोबल क्वालिफायरबाट अर्को बर्ष अष्ट्रेलियामा हुने टि – ट्वान्टी विश्वकपमा १४ टिममध्यबाट ६ टिमले टिकट पक्का गरे ।

जसमा पपुवा न्युगिनी , आयरल्याण्ड , नेदरल्याण्ड , नामिबिया , ओमान र स्कटल्याण्ड रहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *